शून्य लगानीमा पछिल्लो ५ महिनामा २ लाख बढी नेपाली मलेसिया पुगे
काठमाडाैं | पुस १८, २०७९
काठमाडौं: शून्य लगानी (जिरो कस्ट) मा वैदेशिक रोजगारमा पठाउने नीति अनुसार पछिल्लो ५ महिनामा २ लाख ५४ हजार भन्दा बढी नेपाली मलेसिया गएका छन् । साउनदेखि मंसिर मसान्तसम्ममा २ लाख ५४ हजार २८९ जना नेपाली शून्य लागतमा मलेसिया गएको वैदेशिक रोजगार विभागले जनाएको छ । त्यस्तै १० प्रतिशत सेवा शुल्क बुझाएर १ लाख ५५ हजार ३१८ जना मलेसिया गएको विभागको तथ्यांकले देखाएको छ ।
सरकारले मलेसिया, साउदी, यूएई लगायतका मुलुकमा शून्य लागतमा कामदार पठाउने नीति लिएको छ । तर, उक्त नीति मलेसियाबाहेक अन्य मुलुकमा भने कार्यान्वयनमा आउन सकेको छैन । मेनपावर व्यवसायीहरूले मनलाग्दी शुल्क लिने र श्रमिकहरूलाई शून्य लागतमा पैसा लिएको भन्न लगाउने गरेका छन् । जसले गर्दा सरकारले उक्त नीतिको प्रभावकारी कार्यान्वयन गर्न सकेको छैन ।
विभागले नीति कार्यान्वयनका लागि सक्रिय भएर काम गर्दै आएको जनाएको छ । कामदारहरूबाट उजुरी नआउँदा बढी पैसा लिएर पठाउनेलाई कारबाही गर्न समस्या भएको विभागले जनाएको छ । शून्य लागत र १० प्रतिशत सेवा शुल्क लिएर बाहेक बढी पैसा तिरेको भए विभागमा उजुरी गर्नुपर्ने हुन्छ । त्यही उजुरीको आधारमा विभागले कारवाही प्रक्रिया अगाडि बढाउने विभागका महानिर्देशक उमाकान्त आचार्यले बताए ।
आर्थिक वर्ष २०७९८० को मंसिर मसान्तसम्ममा विभिन्न ७ मुलुकहरू बहराईन, कुवेत, मलेसिया, ओमान, कतार, साउदी अरेबिया र यूएईमा ३ लाख ४९ हजार ८२ जना वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । जसमा २ लाख ८९ हजार ७२ जना पुरूष र २४ हजार २२ जना महिला रहेका छन् ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

